Wednesday, July 1, 2026

बाराको नदीतटीय क्षेत्रमा सशस्त्र प्रहरीको माइकिङ, सुरक्षित रहन आग्रह 

कलैया, १८ असोज।  बाराको विभिन्न नदीतटीय क्षेत्रमा सशस्त्र प्रहरीले माइकिङ गरेको छ । सशस्त्र प्रहरी बल १२ नं. गणले माइकिङ गर्दै शुक्रबार रातिदेखि भैरहेको अविरल वर्षाका कारण हुने सम्भावित जोखिमबाट सुरक्षित रहन नागरिकलाई आग्रह गरेको छ।

बारा जिल्ला भएर बग्ने औरही, पसाहा र वकैया खोलाहरूमा बढिरहेको पानीको वहाव एवं तटीय क्षेत्रमा हुनसक्ने डुवानको जोखिमवाट सुरक्षित रहन प्रहरीले सचेत गराएको छ। सशस्त्र प्रहरीका जिल्लास्थित सबै यूनिटहरूबाट विपद जोखिम नियन्त्रण र व्यवस्थापन गस्ति परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी.ले बारा अपडेटलाई जानकारी दिए।

उनका अनुसार जिल्ला भित्र कुनैपनि स्थानमा हुनसक्ने विपद् जोखिमलाई नियन्त्रण गरी सम्भावित जनधनको क्षेति हुन नदिन व्यापक रूपमा सुरक्षाकर्मी परिचालन भएको छ। गस्ति टोलिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रका स्थानीय सर्वसाधारणहरूलाई माइकिङ गर्दै सचेत रहन अनुरोध गरेको छ।

कुनै पनि स्थानमा विपद् सम्वन्धी घट्ना हुनसक्ने सूचना प्राप्त भएको खण्डमा तत्काल सशस्त्र प्रहरीका टोल फ्रि नं. १११४ वा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा.का सूचना अधिकारी सशस्त्र प्रहरी निरिक्षक ईन्द्र थापाको मोवाईल नं. ९८४२०२९४०२ वा गणको नं. ९८५१२७२११० मा सम्पर्क गरी सूचना दिन सकिने सशस्त्र प्रहरी उपरीक्षक के.सी.ले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर