Sunday, August 16, 2026

पछिल्लो ६ घण्टामा कलैयामा ६२ मिलिमिटर वर्षा

Advertisement
Advertisement Advertisement

कलैया, १८ असोज। पछिल्लो ६ घण्टामा बाराको कलैयामा ६२ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका आनुसार आज (शनिबार) बिहान ५ः४५ देखि अहिले ११ः३५ सम्म कलैयामा ६२ मिलिमिटर वर्षा मापन भएको हो।

त्यस्तै निजगढमा ५६, परवानीपुरमा ४९ र सिमरामा ४८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। मधेश प्रदेशमा सबैभन्दा बढि वीरगञ्जमा वर्षा भएको छ। विभागका अनुसार वीरगञ्जमा ७३ मिलिमिटर पानी परेको छ।

यस्तै प्रदेशको अन्य ठाँउ गौरमा ५७, महेशपुरमा ५३, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।

कति हो धेरै भारी वर्षा भनेको ?

२४ घण्टामा कुनै स्थानमा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ त्यस्तै २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे अति भारी वर्षा भनिने विभागले जनाएको छ । २४ घण्टामा १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा र १० देखि ५० मिलिमिटरसम्म पानी परे मध्यम वर्षा भनिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर