Sunday, August 16, 2026

मधेश प्रदेशमा अत्यधिक वर्षा, २४ घण्टामा बाराको कलैयामा २१८ मिलिमिटर वर्षा

Advertisement
Advertisement Advertisement

कलैया, १८ असोज। शुक्रबार राती देखि मधेश प्रदेशमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गएको २४ घण्टामा बाराको कलैयामा २१८ मिलिमिटर वर्षा भएको छ ।

विभागले अहिले साढे ४ बजे सम्म बारा, पर्सा, रौतहट मा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको जनाएको छ। गएको २४ घण्टामा बाराको परवानीपुरमा १७१, निजगढमा १५९ र सिमरामा १५५ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

त्यस्तै पर्साको मुडलीमा २३१, वीरगञ्जमा २२६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा २७७ मिलिमिटर वर्षा भएको छ । गौरमा २५४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर