Sunday, August 16, 2026

नेपालबाट बाहिरियो वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली

Advertisement
Advertisement Advertisement

कलैया, १९ असोज । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका प्रवक्ता विभूति पोखरेलले एक सूचना जारी गरी मनसुन कमजोर भई मौसममा सुधार आइसकेको बताएका हुन ।

मनसुन नेपालबाट बाहिरिनसकेकाले अझै पनि वर्षा हुने सम्भावना रहे पनि यस अघिको २ दिनजस्तो लगातार र भीषण वर्षा अब नहुने विभागले जनाएको छ ।

“वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ। तसर्थ यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।” विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर