Sunday, August 16, 2026

दुधौरा खोलामा बेपत्ता युवक अझै भेटिएनन्, खोजी कार्य आजलाई स्थगित, भोलि फेरि खोजी सुरु गरिने

Advertisement
Advertisement Advertisement

कलैया, १९ असोज। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ दुधौरा पुलबाट दुधौरा खोलामा टिकटक बनाउने क्रममा हाम फालेका एक युवक आइतबार बिहानै देखि बेपत्ता भएका छ्न्। बेपत्ता भएका युवक अझै भेटिएका छैनन् ।

बेपत्ता हुनेमा स्थानीय २१ वर्षीय बिक्की गोसाई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।  बेपत्ता भएका गोसाइको घटना लगत्तै खोजी कार्य जारी राखे पनि अझै फेला नपरेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। आज दिनभरी नै सशस्त्र प्रहरी बलका गोताखोर टोलीले उनको खोजी कार्य गरे पनी अझै फेला नपरेको उनले बताए।

आज रात परेका कारण खोजी कार्यलाई निरन्तरता दिन नसकिएको प्रहरीले जनाएको छ।  उनकाे खोजी कार्य आजका लागि स्थगित गरिएको छ भने भोलि पुनः खोजी कार्य सुरु गरिने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

आज बिहान पुलबाट बिक्की र स्थानीय २० वर्षीय अनुराग केशरवालसँगै ख‍ोलामा हाम फालेका थिए। तर अनुराग आफै पौडेर बाहिर निस्केपनि बिक्की बेपता भएको इलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर