Thursday, July 2, 2026

आज करवा चौथ मनाइदै, यस्तो छ धार्मिक मान्यता

कलैया, २४ असोज। प्रत्येक वर्ष कात्तिक कृष्णपक्षको चतुर्थीको दिन हिन्दु धर्मालम्वीका विवाहिता महिलाहरुले मनाउने पर्व करवा चौथ आज मनाइँदैछ । आफ्नो श्रीमानको दीर्घायु, सुख, सौभाग्य एवम् सफल दाम्पत्यको कामना गरी घरघरमा विवाहित महिलाले निराहार व्रत बसी करवा चौथ पर्व मनाउँछन् ।

दिनभरि उपवास बसेका व्रतालु साँझको समयमा चन्द्रमा उदाएपछि चाल्नामा श्रीमानको मुख हेरेर यो व्रत तोड्छन्। व्रत तोडेपछि उनीहरु भोजन गर्दछन् । साँझको समयमा व्रतालु महिलाले सुहागनको हरेक सामग्री लगाएर व्रतमा बस्ने गर्दछन् ।

भगवान् शिवलगायतका अनेकौँ देवीदेवताको यस पर्वमा श्रद्धापूर्वक पूजा गर्ने चलन रहेको छ । यस पर्वको अनेकौँ पौराणिक कथा हिन्दू धर्मको ग्रन्थमा पाइन्छ ।

सत्ययुगमा यमराजले सत्यवान्को प्राण मारेको भन्दै सावित्रीले आफ्नो पतिको आत्मालाई रोकेको प्रसङ्ग रहेको छ । कथाका अनुसार सावित्रीले अन्न, जल त्यागी जिद्धी भई बसिरहेकाले यमराजको केही सीप नलागी र अन्त्यमा सत्यवान्को प्राण फिर्ता गरिदिएको धार्मिक ग्रन्थमा उल्लेख रहेको छ ।

त्यस्तै त्रेतायुगमा महाभारतमा उल्लेख गरेअनुसार पाण्डव समस्यामा रहेको समयमा द्रौपदीले भगवान श्रीकृष्णको सल्लाहबमोजिम करवा चौथ व्रत गरेकाले पाण्डवको सङ्कट अन्त्य भएको महाभारतमा उल्लेख रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर