कलैया, २६ असोज। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर–६ को पहिलो खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपालले युएईलाई १ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो। १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा १ सय ३९ रन मात्रै जोड्न सक्यो ।