कलैया, २९ असोज । बझाङमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ ।
राति १ः०८ बजे ४ दशमलव ९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ । भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।