Thursday, July 2, 2026

प्रहरी दिवसमा कान्तिपुरकर्मी ठाकुरसहित ४ जना सञ्चारकर्मी सम्मानित

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले चार जना सञ्चारकर्मीलाई सम्मान गरेको छ। ७० औं प्रहरी दिवसको अवसरमा शुक्रवार आयोजना गरिएको विशेष कार्यक्रममा चार जना सञ्चारकर्मीहरु सम्मानित भएका हुन्। कान्तिपुर टेलिभिजन बाराका संवाददाता रमेश ठाकुर, गोरखापत्र दैनिकका बारा संवाददाता शिवशंकर मिश्र, नया पत्रीका बारा संवाददाता इन्दिप कोइराला र रातोपाटी बारा संवाददाता शारदा पोखरेललाई बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कदरपत्रसहित सम्मान गरेका हुन् ।

अपराध रोकथाम र अनुसन्धान तथा समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको कार्यमा पत्रकारिताको माध्यमबाट सर्वसाधारण समक्ष सु- सुचित गराउन पुर्‍याएको योगदानको उच्च मूल्याकंन गर्दै कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङको अध्यक्षता भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई ,श्री रिपुमर्दण गण ब्रहमपुरी ब्यारेकका प्रमुख सेनानी अशोक कुमार क्षेत्री,सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी, प्रहरी निरीक्षक, प्रहरी कर्मचारी, सहिद परिवार तथा सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर