30.5 C
Kalaiya

Sunday, October 19, 2025
spot_img
30.5 C
Kalaiya
Sunday, October 19, 2025

दिपावली र छठमा घरघरमा पटाका नपट्काउनु, मानव स्वास्थ्यमा असर पर्छ- सिडिओ सुवेदी

spot_img
spot_img

वीरगन्ज, ०२ कार्तिक। नेपालीहरुको महान पर्व दिपावली र छठको अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साले पटाका नपट्काउन अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीद्वारा जारी विज्ञप्तिमा शुभकामना दिँदै यसो नगर्न आग्रह गरिएको छ।

Advertisement

विज्ञप्तिमा सिडिओ सुवेदीले दिपावली र छठमा पड्काइने पटाकाबाट मानव स्वास्थ्यमा असर पर्ने, समाजमा डर/भय हुने, झिल्काले आगलागी हुने भएकोले पटाका पड्काउँने कार्य निषेध गरिएको र गरिएको पाए कानुनी कारवाही हुने चेतावनी दिनुभएको छ।

Advertisement

यस्तै रात्रीको समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाईने र ९ बजेपछि खेले बन्द गराइने । यस्तै चाडपर्वको अवसरमा खेलिने/खेलाईने जुवातासमा हारजित भई आर्थिक भार पर्ने भन्दै नखेल्न र नखेलाउन अनुरोध गर्नुभएको छ।

Advertisement

यस्तै मादकपदार्थको सेवन नगर्न, व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राखेर ठिक मात्रामा माछामासु, चिल्लो तथा गुलियो पदार्थ खान र सवारी पास नलिई बिदाको दिन सरकारी साधन नचलाउन आग्रह गरिएको छ।

विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर