Thursday, July 2, 2026

दिपावली र छठमा घरघरमा पटाका नपट्काउनु, मानव स्वास्थ्यमा असर पर्छ- सिडिओ सुवेदी

वीरगन्ज, ०२ कार्तिक। नेपालीहरुको महान पर्व दिपावली र छठको अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साले पटाका नपट्काउन अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीद्वारा जारी विज्ञप्तिमा शुभकामना दिँदै यसो नगर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा सिडिओ सुवेदीले दिपावली र छठमा पड्काइने पटाकाबाट मानव स्वास्थ्यमा असर पर्ने, समाजमा डर/भय हुने, झिल्काले आगलागी हुने भएकोले पटाका पड्काउँने कार्य निषेध गरिएको र गरिएको पाए कानुनी कारवाही हुने चेतावनी दिनुभएको छ।

यस्तै रात्रीको समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाईने र ९ बजेपछि खेले बन्द गराइने । यस्तै चाडपर्वको अवसरमा खेलिने/खेलाईने जुवातासमा हारजित भई आर्थिक भार पर्ने भन्दै नखेल्न र नखेलाउन अनुरोध गर्नुभएको छ।

यस्तै मादकपदार्थको सेवन नगर्न, व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राखेर ठिक मात्रामा माछामासु, चिल्लो तथा गुलियो पदार्थ खान र सवारी पास नलिई बिदाको दिन सरकारी साधन नचलाउन आग्रह गरिएको छ।

विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर