Thursday, July 2, 2026

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

कलैया, ४ कात्तिक । यस वर्षको लक्ष्मीपूजाको दिन देशभर विद्युत्को कूल माग एक हजार ६ सय ५० मेगावाट रेकर्ड गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन हिजो साँझ एक हजार ६ सय ५० मेगावाट रेकर्ड गरिएको हो । यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो । गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर