24.3 C
Kalaiya

Tuesday, October 21, 2025
spot_img
24.3 C
Kalaiya
Tuesday, October 21, 2025

विद्युत् महशुल बक्यौता नतिर्ने ६ कम्पनीको लाइन प्राधिकरणले काट्यो

spot_img
spot_img

कलैया, ४ कात्तिक। नेपाल विद्युत प्राधिकरणले विद्युत् महशुल बक्यौता नतिर्ने ६ वटा उद्योगको लाइन काटेको छ । डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको प्राधिकरणले जनाएको छ।

Advertisement

आज बिहानबाट ६ वटै उद्योगहरुको विद्युत् लाइन काटिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन्। यस अघि असोज १२ गते प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै उद्योगलाई २१ दिनभित्र बक्यौता बुझाउन आउन भनेको थियो ।

Advertisement

किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महशुल सङ्कलन नियमावली २०७८ अनुसार लाइन काटिएको जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!