Thursday, July 2, 2026

कलैयाको मुख्य सडक निर्माण गर्न हस्ताक्षर अभियान : ३ हजार भन्दा बढिले गरे हस्ताक्षर

कलैया, ७ कात्तिक। लामो समय देखि अलपत्र रहेको बाराको सदरमुकाम कलैया स्थित मुख्य सडकखण्डको निर्माण कार्य अगाडि बढाउन माग गर्दै युवाहरुले सुरु गरेको हस्ताक्षर अभियानमा हाल सम्म ३ हजार भन्दा बढिले हस्ताक्षर गरेका छन्। गत असोज ३१ गते शुक्रबार देखि कलैया स्थित भरत चोकमा युवाहरुले हस्ताक्षर अभियान सुरु गरेका थिए ।

हाम्रो सडक, हाम्रो अधिकार अभियान अन्तर्गत सुरु भएको हस्ताक्षर अभियानमा असोज ७ गते बेलुका सम्म ३ हजार २ सयले हस्ताक्षर गरेका छन्। उनीहरूले करिब तीन किलोमिटर कलैया देखि सितलपुर सडक निर्माण हेतु हस्ताक्षर अभियान सञ्चालन गरेका हुन्।

नेताहरू र स्थानीय सरकारबाट ‘छिट्टै मर्मत गर्छौं’ भन्ने आश्वासन मात्र पाइरहेका नागरिकहरूले यसपालि ‘हाम्रो सडक, हाम्रो अधिकार’ भन्ने नारासहित सडकमै संघर्ष गरिरहेका हुन्।

स्थानीहरुले पाचँ हजार हस्ताक्षर सङ्कलन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने तयारी गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर