Thursday, July 2, 2026

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

कलैया, ९ कात्तिक। लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज आइतबार ‘खरना’ विधि गरिदै छ। चार दिनसम्म मनाइने छठ पर्वको आज दोस्रो दिन खरना मनाउन लागिएको हो। आज दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ।

यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ। आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।

छठको तेस्रो दिन भोलि सोमबार सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई सझियाघाट भन्ने गरिएको छ । त्यसैगरी मङ्ग्लवार बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोश्रो अघ्र्य दिए पछि छठ पर्व सम्पन्न हुने छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई पारन भनिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर