कलैया, ९ कात्तिक । सरकारले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेललाई ६० दिनमै सरुवा गरेको छ। भदौ ११ गते बाराको प्रमुख जिल्ला अधिकारी भएर आएका पौडेललाई गृहमन्त्रालयले मन्त्रालय अन्तर्गतको कामकाजका लागि खटाएको हो ।
भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानविय अतिको यथार्थ छानविन जाँचबुझमा पौडेलको सरुवा गरिएको हो।
उनको स्थानमा हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका धरेन्द्र कुमार मिश्रलाई बाराको नयाँ सिडिओका रूपमा आउने भएका छन ।

















