Saturday, August 15, 2026

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

Advertisement
Advertisement Advertisement

कलैया, ११ कात्तिक । आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने छठ पर्व आज (मंग्लवार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ।

हिजो (सोमबार) छठी माताको पुजाआजा गर्दै अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन ।

बारा जिल्लाको सदरमुकाम कलैया सहित विभिन्न स्थानमा दुलही झैं सिंगारिएका पोखरी, तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन्।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर