Thursday, July 2, 2026

ट्युसन तथा कोचिङ्ग सेन्टरहरूलाई १५ दिनभित्र विवरण पेश गर्न कलैया उपमहानगरको निर्देशन

कलैया, १३ कात्तिक। कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै ट्युसन तथा कोचिङ सेन्टरहरूलाई १५ दिनभित्र आफ्नो विवरण पेश गर्न निर्देशन दिएको छ।

उपमहानगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले बिहीबार सूचना जारी गर्दै अनुमति पत्र लिएर सञ्चालन भइरहेका ट्युसन र कोचिङ कक्षाहरूले अद्यावधिक गर्नु पर्ने भएकोले आवश्यक कागजातसहित विवरण बुझाउन अनुरोध गरेको हो ।

तोकिएको समयभित्र विवरण नबुझाउने र कक्षा सञ्चालन गर्ने संस्थाहरूमाथि कानुन बमोजिम कारबाही गरिने शिक्षा शाखा प्रमुख राजिव कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर