Thursday, July 2, 2026

करैयामाई गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

कलैया, १७ कात्तिक। बाराको करैयामाई गाउँपालिकाले गाउँपालिकाभर एकदिनको सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले वडा नं २ करैया गाउँ स्थित श्री राजदेवीमाई मन्दिर परिसरमा परावुपर्व कालदेखि लाग्दै आएको करैयामाई मेलाको लागि कार्तिक १९ गते बुधबारको दिन सार्वजनिक बिदा दिएको हो।

गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले आज एउटा सुचना जारी गर्दै करैयामाई मेलामा धुमधाम तथा हर्षोल्लासका साथ पुजा गर्नको लागि एकदिन मात्र अतिआवश्यक बाहेकका गाउँपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र बर्थिङ सेन्टर बाहेकका स्वास्थ्य कार्यालयमा बिदा दिएको जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर