Thursday, July 2, 2026

बाल मन्दिरको खाली जग्गामा पार्किङको व्यावस्था, पार्किङमै सवारी साधन लगाउन आग्रह

कलैया, १८ कात्तिक। कलैया उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जिल्ला प्रहरी कार्यालय बाराको कार्यालयबाट पश्चिम तिर रहेको बाल मन्दिरको जग्गामा सवारी साधन पार्किङ गर्न पार्किङको व्यावस्था गरेको छ।

कलैया बालमन्दिर स्कुल अगाडी रहेको खाली जग्गालाई सदुपयोग गर्दै कलैया उपमहानगरपालिकाको कार्यालय र ट्राफिक प्रहरी कार्यालय कलैया, बाराको सहकार्यमा तत्काल बाँस र डोरीको प्रयोग गरि उक्त जग्गालाई पार्किङको रुपमा ल्याईएको शाखाका कर्मचारी भुलन साहले जानकारी दिए।

उक्त पार्किङ निर्माण भएपछि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा अन्य कुनै निकायमा कामले कलैया आउँदा सो जग्गामामा सवारी पार्किङ गर्न उनले आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर