Thursday, July 2, 2026

फेटा गाउँपालिकामा भोलि बिदा

कलैया, १८ कात्तिक। बाराको फेटा गाउँपालिकाले भोलि एकदिनको स्थानीय बिदा दिएको छ। गाउँपालिकाले आज एउटा सुचना जारी गर्दै भोलि बुधबार सार्वजनिक बिदा हुने जनाएको हो।

फेटा गाउँपालिका वडा नं १ त्रिवेणीमा पुर्णिमा ब्रत/कार्तिक स्नान समाप्तिको अवसरमा खैरातिमाई मेला लाग्ने भएकोले आजको निर्णयअनुसार बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिए।

मेलाको अवसरमा गाउँपालिका मातहतका सम्पुर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक स्थानमा एकदिनको बिदा दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर