Thursday, July 2, 2026

सान्त्वना जितको लागि नेपाल आज युएईसँग खेल्दै

कलैया, १९ कात्तिक। आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दैछ।

खेल युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुने स्पर्धामा सान्त्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।

अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन-तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छ भने युएई एक खेलमा विजयी भएको छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, अनिल साह, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर