Thursday, July 2, 2026

करदाता सेवा कार्यालय खारेज, प्यान कार्ड अब स्थानीय तहबाटै

कलैया, २० कात्तिक। सरकारले देशभरका करदाता सेवा कार्यालय खारेज गरेको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। यो सँगै बाराको सदरमुकाम कलैयामा रहेको करदाता सेवा कार्यालय हट्ने भएको छ।

विभागका अनुसार अब देखि स्थायी लेखा नम्बर (प्यान कार्ड) लगायतका सेवाहरु स्थानीय तहबाटै हुने छ। यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिने व्यवस्था रहेको थियो ।

“स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ” विभागले जारी अरेको सूचनामा उल्लेख छ ।

त्यस्तै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर