कलैया, २२ कात्तिक। भारतसँग जोडिएको बाराको सबै सिमानाका आज देखि बन्द हुने छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शनिबार सुचना जारी गर्दै भारतसँग जोडिएको सबै सिमानाका आज साँझ ६ बजेदेखि कात्तिक २५ गते मंगलबार साँझ ६ बजेसम्म बन्द हुने जानकारी दिए ।
मंगलबार भारतको बिहार राज्यको पुर्वी चम्पारण जिल्लामा दोस्रो चरणको निर्वाचन हुने भएकोले नेपाल- भारत सिमानाकामा आकस्मिक सेवा बाहेकका आवागमन पुर्ण रुपमा बन्द गरिने प्रजिअ मिश्र द्वारा जारी सुचनामा उल्लेख छ।
सुचना

















