Saturday, August 1, 2026

मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता आउन राप्रपाको निर्देशन

कलैया, २४ कात्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको मधेश प्रदेश सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकारमा आफ्ना पार्टीका सांसदको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। यादवको नेतृत्वमा बनेको सरकारमा राप्रपाबाट कञ्चन विच्छा मन्त्री बनेका छन्।

“मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु।” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। प्रदेश प्रमुखले बर्दिवास पुगेर पानस कटेजमा मुख्यमन्त्रीमा यादव लाई नियुक्त भएको पत्र दिइन् । एकैछिनमा मुख्यमन्त्री पदको शपथसमेत सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर