Friday, June 5, 2026

प्रदेश प्रमुखको विवादित कदम संवैधानिक व्यवस्थाको उपहास : रामबाबु यादव

spot_img

कलैया, २४ कात्तिक। बारा क्षेत्र नं. ३ का पूर्व संघीय सांसद तथा जसपा, नेपालका नेता रामबाबु यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पछिल्लो गतिविधिले लोकतन्त्र र संवैधानिक व्यवस्थाको उपहास भएको बताएका छन्।

प्रदेश प्रमुख भण्डारीले सिन्धुली–महोत्तरी सिमानास्थित एक होटलमा राति एमाले सांसदलाई मुख्यमन्त्रीको रूपमा गोप्य तरिकाले शपथ गराएको भन्दै उनले कडा आपत्ति जनाएका छन्।

उनले भने, “यस्तो गैरसंवैधानिक र गोप्य तरिकाले गरिएको राजनीतिक खेल लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन। यसरी प्रदेश प्रमुख अमूक दलको कार्यकर्ता बन्नु र प्रदेशको प्रक्रिया उल्टाएर, संवैधानिक नियमावलीको मर्यादा र जनताका अपेक्षालाई ख्याल नगरी चलाइएको राजनैतिक खेलले राज्य, संविधान र प्रदेशको अस्मितामा गम्भीर चोट पुर्‍याउँछ।। यस्ता कार्यले लोकतन्त्र र संघीय व्यवस्थाको उपहास भएको छ।”

घटनापछि मधेश प्रदेशको राजनीतिको वातावरण तातेको छ भने प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठ्दै गएको छ। प्रदेश प्रमुख भण्डारीले नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। प्रदेश प्रमुख बर्दिवास पुगेर पानस कटेजमा मुख्यमन्त्रीमा यादव लाई नियुक्त भएको पत्र दिइन् । एकैछिनमा मुख्यमन्त्री पदको शपथसमेत सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर