Friday, August 14, 2026

लागुऔषध गाँजासहित ३ जना भारतीय नागरिक पर्सा प्रहरीको नियन्त्रणमा 

कलैया, २७ कात्तिक। जिल्ला प्रहरी कार्यालय पर्साले अबैध लागुऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा खटेको प्रहरीको टोलीले उनीहरुलाईलाई बडेर्वा पेट्रोल पम्प पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको वैशाली जिल्ला बिदुपुर ग्राम बस्ने २३ वर्षिय राजा कुमार, राजा माईकल पंचायत बस्ने २३ वर्षिय बिशाल कुमार र छापरा जिल्ला सोनपुर बस्ने २४ वर्षिय पिन्टु कुमार रहेकाे पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले राजाको साथबाट ३ किलो १९० ग्राम, बिशालको साथबाट ३ किलो २५० ग्राम र पिन्टुको साथबाट ३ किलो ३०० ग्राम गरी ९ किलो ३८० ग्राम लागुऔषध फेला पारेको थियो।

उनीहरू पर्सागढी नगरपालिका वडा नं ९ स्थित प्रहरी चौकी मानवाबाट खटिएको प्रहरीको टोलीले बुधबार नेपालबाट भारततर्फ संकास्पद रुपमा पैदल हिँडिरहेका थिए भने चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध गाँजा फेला परेको थियो।

गाँजासहित पक्राउ परेका उनीहरुलाई पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर