Friday, August 14, 2026

बाराको सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी

कलैयाा, ०३ मंसिर । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । सिमरा विमानस्थल आसपास जेनजी युवाहरुको प्रदर्शन तथा नेकपा एमाले आवद्ध समूहबीच झडप भएसँगै सुरक्षा स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मंसिर ३ गते बिहान १२:३० बजेदेखि बेलुका ८ बजेसम्म सिमरा विमानस्थल र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन । कर्फ्यु अवधिभर कुनै पनि किसिमका भिडभाड, जमघट, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले जारी गरेको सुचनामा गण्डक नहरदेखि पथलैयासम्मको सडक–खण्ड दायाँ–बायाँ ५०० मिटरभित्र र सिमरा विमानस्थलको परिसर आसपास ५०० मिटरभित्र कर्फ्यू आदेश जारी भएको उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर