Wednesday, June 10, 2026

जेनजी युवा कुटेको आरोपमा पक्राउ परेका दुई वडा अध्यक्षलाई ७ दिन हिरासतमा राख्न अनुमति

spot_img

कलैया, ०४ मंसिर। बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका दुईजना वडाध्यक्षलाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारीविरुद्ध ७ दिनको म्याद थप भएको हो । बुधबार सिमरामा भएको जेनजीको प्रदर्शनमा कुटपिटमा उत्रिएका उनीहरूलाई प्रहरीले आजै बिहान पक्राउ गरेको थियो।

उनीहरुलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले पुष्टि गरे।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर