कलैया, ०५ मंसिर। सप्तरीमा गाँजा सहित ट्रक चालक पक्राउ परेका छन्। जिल्लाको कञ्चनरूप नगरपालिका-२ बरमझियाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ७८ किलो गाँजा सहित ट्रक चालक पक्राउ परेका हुन। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय संजय श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरी समेतबाट खटिएको प्रहरीले बिहीबार राति फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना.५ ख ५३५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्सबटम बनाई २८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक संजयलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
















