Friday, June 5, 2026

देशभर ८ लाख ३७ हजार नयाँ मतदाता थपिए

spot_img

कलैया, ०६ मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय शुक्रबारबाट सकिएको छ । मतदाता नामावलीमा नाम दर्ता गराउने समय सकिए सँगै आयोगले नयाँ मतदाताको विवरण सार्वजनिक गरेको हो ।

बायोमेट्रिक्स मार्फत ३ लाख ४४ लाख ९ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप बढेपछि आयोगले मंसिर ५ गतेसम्मका लागि समय थपेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर