Friday, September 11, 2026

दिगो भविष्यका लागि हरित विद्यालय :स्थानीय प्रयास,विश्वव्यापी प्रभाव-कलैयामा अन्तरक्रिया

Advertisement
Advertisement Advertisement

साजिर मन्सूर/ कलैया, ११ मंसिर । दिगो भविष्य निर्माणमा हरित विद्यालयको भूमिका विषयमा कलैयामा आज एक महत्वपूर्ण छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उपमहानगरपालिकाको सभाहलमा कारखाना समुहको आयोजनामा भएको सो अवसरमा कार्यक्रम स्थानीय सरोकारवालाहरू, शैक्षिक संस्थाका प्रतिनिधि तथा वातावरणविद्हरूको उपस्थिति थियो।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले विद्यालयलाई वातावरण–मैत्री बनाउने स्थानीय प्रयासले केवल समुदायमै होइन, विश्वव्यापी रूपमा दिगो विकासका लक्ष्य (SDGs) हासिल गर्न योगदान पुर्‍याउने धारणा व्यक्त गरेका छन। साहले विद्यालयमा हरियाली विस्तार, फोहोर व्यवस्थापन, सुरक्षित खानेपानी, ऊर्जा संरक्षण तथा वातावरण शिक्षा अनिवार्य रूपमा लागू गर्नु दिगो भविष्यको आधार हुने बताए। उनले हरित विद्यालय अभियान विद्यालय, अभिभावक, स्थानीय सरकार र विद्यार्थीको संयुक्त प्रयासबाट मात्र सफल हुने पनि उल्लेख गरे।

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादवले विद्यालय परिसरमा वृक्षरोपण, प्लास्टिक न्यूनीकरण, सोर्य ऊर्जा प्रवर्द्धन, वातावरण शिक्षा र विद्यार्थी क्लब सक्रियतासँगै ‘हरित विद्यालय मोडेल’ लाई अन्य विद्यालयमा पनि विस्तार गर्ने प्रतिवद्धता जनाएका छन।

स्थानीय तहका प्रतिनिधिहरूले विद्यालय स्तरमै वातावरण संरक्षणको अभ्यासले बालबालिकालाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्ने तथा दीर्घकालीन रूपमा जलवायु संकट समाधानमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका हुन। कार्यक्रमको सहजीकरणमा हरित बिधालय कार्यक्रम निर्देशिका २०७५ का बिषयमा जानकारी गराइएको कारखाना समूह को मधेस प्रदेश कार्यक्रम सम्योजक निरज कुमार मिश्रले जनाए ।

हरित विद्यालय कार्यक्रम विद्यालयमा कार्यन्वयन गर्दा यसका बहुपक्षिय फाइदा हुन सक्छन् । हरित विद्यालय कार्यक्रमलाई विद्यालय व्यावस्थापन तथा शैक्षणिक कार्यमा एकिकृत गरिएमा अपेक्षित फाइदा लिन धेरै सहज हुन्छ । हरित विद्यालय कार्यक्रमबाट प्राप्त हुन सक्ने फाईदाहरुलाई बुँदागत रुपमा देखाउदा

१) विद्यार्थीको सिकाई उपलब्धि बढाउने
२) व्यक्तिगत कल्याण, विकास र जीवनकौशल सीपको विकास
२) बातावरणीय संरक्षणमा सचेतना वृद्धि गर्ने र बातावरणीय दिगोपना प्रदर्शन गर्ने
४) उर्जा किफायती विद्यालयको रुपमा विकास
५) विद्यालयको आर्थिक वित्तिय दिगोपना
विश्वव्यापी वातावरणीय समस्याको आधानमा योगदान जस्ता फाईदाहरु हुने बन्यजन्तु संरक्षण संघ नेपालको बरिस्ठ कार्यक्रम अधिकृत सहजकर्ता राजेश्वर रिजालले बताए ।रिजालले हरित बिधालयको कार्यक्रम बिधालयको पाठ्यक्रम जोडिनुपर्ने बताएका छन ।

रिजालले Green School Standard Indicators हस्ति विद्यालय व्यवस्थापन मापदण्ड, २०८१ शिक्षा तथा मानय स्रोत विकास केन्द्रको अनुसार यसको उद्देश्य: हरियाली वातावरण, जलवायु उत्थानशील, स्वच्छ तथा वातावरणमैत्री व्यवहार, अभ्यास र विकास मार्फत शैक्षिक संस्था र वरपरको क्षेत्रमा स्वच्छ, सुन्दर र सिकाई अनुकूल वातावरण सूजना गर्न सहयोग गर्नु रहेको जनाए ।

कार्यक्रम अन्त्यमा “हरित विद्यालय : स्थानीय प्रयास, विश्वव्यापी प्रभाव” अभियानलाई निरन्तरता दिने तथा आगामी दिनमा यसलाई उपमहानगरपालिका स्तरीय कार्यक्रमका रूपमा विस्तार गर्ने घोषणा गरिएको छ । सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, बन्यजन्तु संरक्षण संघ नेपालको बरिस्ठ कार्यक्रम अधिकृत बृन्दा देवान, शिक्षा समिति सदस्यहरु, विभिन्न बिधालयका ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरु, स्थानीय सरोकारवालाहरू, शैक्षिक संस्थाका प्रतिनिधि तथा वातावरणविद्हरूको उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर