Sunday, July 26, 2026

बारामा लागुऔषधसहित एक जना पक्राउ

कलैया, ११ मंसिर। बारामा लागुऔषधसहित एक जना पक्राउ परेका छन। भारतबाट नेपालतर्फ लागुऔषध लुकाइ छिपाइ गर्दै ल्याउँदै गरेको अवस्थामा एक जना भारतीय नागरिकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वी चम्पारण नायकटोल बस्ने श्यामसुन्दर साहका ३५ वर्षीय छोरा लालबाबु साह रहेको प्रहरीले जनाएको छ। विश्रामपुर गाउँपालिका–१ खेखरियामा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बि आर ०५ ए न ३५३२ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको टोलीले रोकेर जाँच गरेको थियो।

प्रहरी टोलीले मोटरसाइकलको पछाडि दुध बोकेर ल्याउने फलामको साँचो मुनि लुकाइएको सामग्री जाँच गर्ने क्रममा जुटको बोरामा १९ वटा प्याकेट फेला पारेको प्रहरीले जनाएको छ।

ती सबै प्याकेटमा सेतो प्लाष्टिकभित्र कोकिन २१ ग्राम ६५० मिलिग्राम भेटिएको छ। प्रहरीले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर