Friday, August 14, 2026

१०४ किलोभन्दा बढी लागुऔषध गाँजासहित २ जना पक्राउ 

कलैया, १६ मंसिर। जिल्ला प्रहरी कार्यालय पर्साले एकसय ४ किलोभन्दा बढी अबैध लागुऔषध गाँजासहित दुई जना मानिस र कारलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ८ महाबिर टोल बस्ने कार चालक ३२ वर्षिय भिम स्याङतान र मकवानपुरगढी गाउँपालिका वडा नं १ आपटार टोल बस्ने ३८ वर्षिय कुमार स्याङतान रहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

उनीहरूलाई प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं २ रंगपुरमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रुलाई चेकिङ गर्ने क्रममा कार सहित मानवाबाट पक्राउ गरेको थियो। चेकिङ गर्ने क्रममा प्रहरीले बिएबी ९३९८ नम्बरको कारबाट १० पोकामा १०४ किलो ३२५ ग्राम लागुऔषध बरामद गरेको थियो।

कारमा लागुऔषध गाँजासहित पक्राउ परेका दुबैजनालाई लागुऔषध सम्बन्धी कसुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर