Friday, August 14, 2026

लागुऔषध ट्याब्लेट सहित एकजना बारा प्रहरीको नियन्त्रणमा

कलैया, १७ मंसिर। जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित लागुऔषध ट्याब्लेट सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारी जिल्ला हरपुर पञ्चायत वडा नं १२ बस्ने ३२ वर्षिय मोहम्मद इमरान रहेको बाराका प्रहरी निमित् सुचना अधिकारी तथा प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी दिए।

उनलाई इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी वरिष्ठ हवल्दार रामस्वरूप यादवको कमाण्डमा खटिएको प्रहरीको टोलीले विश्रामपुर गाउँपालिका वडा नं १ बटम चौकबाट बिआर ०५ एएम ६१५२ नम्बरको भारतीय मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरी निरीक्षक नेपालले जानकारी दिए।

इमरानको साथबाट प्रहरीले अल्फाजोलम ट्याब्लेट ट्रिका १ एमजी ७२ पत्तामा ७ सय २० पिस र त्यहिँ ट्याब्लेट ०.५ एमजी ५२ पत्तामा ७८० ट्याब्लेट बरामद गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर