Friday, August 14, 2026

बाराका ३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

कलैया, २२ मंसिर। बाराका ३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको छ।

मन्त्रालयले कोल्हवी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासकीय अधिकृत पितानाथ लुइँटेललाई सर्लाहीको लालबन्दी नगरपालिकामा सरुवा गरेको छ। उनको स्थानमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश श्रेष्ठ (कामकाज) आउने भएका छन्। लुइँटेललाई लालबन्दी नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाजमा खटाइएको छ।

यस्तै बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री श्याम चौधरीको बाराको करैयामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाजमा खटाइएको छ।  करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको शाखा अधिकृतको रूपमा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ।

यस्तै बारा जिल्लाको प्रसौनी गाउँपालिकामा सोमवार प्रमुख प्रशासकीय अधिकृतको रुपमा नविन श्रीवास्तव हाजिर भएका छन् । गाउँपालिका अध्यक्ष विनोद प्रसाद जौसवाल र उपाध्यक्ष किरण देवी लगायतले उनलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर