Saturday, August 15, 2026

युवा नेता अनिल शाहको पहलमा परवानीपुरमा ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Advertisement
Advertisement Advertisement

कलैया, २३ मंसिर। परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीका युवा नेता तथा नेपाल रिटर्नीङ एसोसिएसन समाजवादी, बाराका अध्यक्ष अनिल शाहको पहलमा परवानीपुर गाउँपालिका वडा नं १ मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

परवानीपुर गाउँपालिका वडा नं १ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, गौनहरीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिटर्नीङ एसोसिएसन समाजवादीका केन्द्रीय अध्यक्ष प्रवीण पौडेलले विद्यालयका विद्यार्थीहरूका लागि संस्थामार्फत सक्दो सहयोग निरन्तर गरिने प्रतिबद्धता जनाउँदै विद्यार्थीहरूलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

युवा नेता तथा संघका बारा अध्यक्ष अनिल शाहले शिक्षाबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई थप सहयोग आवश्यक परे आफूलाई सम्झिन आग्रह गर्नुभयो। साथै उहाँले सो क्षेत्रमा रहेका बेरोजगार युवालाई रोजगारी उपलब्ध गराइएको र स्थानीय महिलाहरूलाई समेत रोजगारीको अवसर सिर्जना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–शिक्षिका, संस्थापक विद्यालय समितिका अध्यक्ष, स्थानीय युवा तथा परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीका युवा नेता सुरेन्द्र पटेल लगायत स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर