Saturday, August 15, 2026

ठुलो मात्रामा लागुऔषध ट्याब्लेट सहित ४ जना पर्सा प्रहरीको नियन्त्रणमा 

Advertisement
Advertisement Advertisement

कलैया, २६ मंसिर। पर्सा प्रहरीले ठुलो मात्रामा अबैध लागुऔषध ट्याब्लेट सहित ४ जनालाई पक्राउ गरेको छ।

विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं १५ प्रतिमा चौक स्थित टिकट काट्ने काउण्टर अगाडी रोकिएको बागमती प्रदेश ०८-००१ ज ०११७ नम्बरको विधुतीय गाडीबाट ७६ हजार एकसय ७० पिस लागुऔषध ट्याब्लेट सहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं २४ रामगढवा बस्ने २० वर्षिय युवराज पटेल, २१ वर्षिय अफजल देवान, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ बस्ने १९ वर्षिय रामहरि मगर र धादिङको सिदलेख गाउँपालिका वडा नं ७ बस्ने १९ वर्षिय राजकुमार मगराती रहेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

प्रवक्ता कार्किका अनुसार सुरुमा २ जनाको साथबाट रातो र गुलाबी रङको सुटकेस भित्र लुकाई छिपाई राखेको ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल आइपी ६० हजार पाँचसय ३० पिस बरामद गरिएको थियो भने पछि थप अनुसन्धान पश्चात रामगढवामा डेरा लिएर ट्रमाडोल सुनियोजित तरिकाले लुकाई छिपाई राखेको अवस्थामा एक कार्टुनबाट १५ हजार छ सय ४० पिस गरी जम्मा ७६ हजार एकसय ७० पिस लागुऔषध नियन्त्रण लिइएको थियो।

पक्राउ परेका चारैजनालाई लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर