Tuesday, June 9, 2026

एकजना भारतीय लागुऔषध गाँजा सहित पर्सा प्रहरीको नियन्त्रणमा 

spot_img

कलैया, ०९ पौष। जिल्ला प्रहरी कार्यालय पर्साले अबैध लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पश्चिम चम्पारन ग्राम नरकटिया वडा नं ११ बस्ने २६ वर्षिय सुमित कुमार रहेकाे पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

सुमितलाई जगरनाथपुर गाउँपालिका वडा नं २ स्थित सडकखण्डमा ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीको टोलीले बिआर २२ बिएल ०६३२ नम्बरको भारतीय मोटरसाइकल सहित पक्राउ गरिएको हो।

पक्राउ परेका सुमितको साथबाट प्रहरीले ३ किलो एकसय २० ग्राम लागुऔषध गाँजा र २६ हजार पाँचसय भारतीय रुपैयाँ नगद बरामद भएको छ भने उक्त गाँजा उनले शरिरमा प्लाष्टिकले बेरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर