Tuesday, June 9, 2026

रौतहटको ज्योति डिस्टिलरीमा विष्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

spot_img

कलैया, १२ पुस । रौतहटमा रहेको एक डिस्टिलरी उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन ।

जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर आज बिहान विस्फोट हुँदा स्थानीय ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालले जानकारी दिएका छन्।

उक्त विस्फोटमा परी घाइते भ​एकाहरुलाई उपचारको लागी वीरगञ्ज पठाइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर