Thursday, August 13, 2026

बढ्दो चिसोलाई मध्यनजर गर्दै नेपाली सेनाद्वारा बाराका विभिन्न स्थानमा दाउरा वितरण

कलैया, पुस १५ । बढ्दो चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले बारा जिल्लाका विभिन्न स्थानमा दाउरा वितरण गरेको छ। चिसोबाट नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाको रिपुमर्दन गणको पहल र जिल्ला विपद व्यवस्थापनको समन्वयमा जिल्लाका प्रमुख स्थानहरूमा दाउरा वितरण गरेको हो।

सैनिक–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा चिसोबाट न्यानोको व्यवस्थापनमा सहयोग पुर्‍याउने लक्ष्यसहित सदरमुकाम कलैयास्थित भरत चोक, प्रसौनी गाउँपालिका–२ को बजार क्षेत्र तथा महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा दाउरा वितरण गरिएको जनाइएको छ।

दाउरा वितरण कार्यक्रममा रिपुमर्दन गणका गणपति तथा प्रमुख सेनानी अशोक कुमार क्षेत्रीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यसहित २५ जनाको टोली सहभागी रहेको थियो।

नेपाली सेनाले प्राकृतिक प्रकोप तथा विपद्का समयमा मात्र नभई चिसो, गर्मी लगायतका मौसमजन्य समस्याबाट प्रभावित नागरिकलाई सहयोग गर्दै आएको जनाएको छ। स्थानीयवासीहरूले नेपाली सेनाको यस पहलले चिसो मौसममा राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर