Thursday, August 13, 2026

राजनीतिक दल वा उम्मेदवारले अनलाइन मिडियाबाट चुनाव प्रचार गर्न पाउने

कलैया , १६ पुस । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा राजनीति दल र दलका उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले राजनीतिक दल वा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचिकृत भएका अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरेको छ ।

‘राजनीतिक दलले अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, कन्टेन्ट ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (सामाचारको बीचमा) को माध्यमबाट निर्वाचन प्रचार प्रसार गराउन सक्ने ।’ आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ ।

अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा स:शुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने बाध्यकारी नियम आयोगले बनाएको छ । अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा कसैप्रति गाली गलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर