कलैया, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा ४ रुपैयाँ, डिजेल/मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाएको हो । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको हो । 




