Saturday, August 1, 2026

रेशम चौधरीको उमेदवारी खारेज

कलैया, ०८ माघ। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले कैलाली १ बाट उमेदवारी दिएका चौधरीको उमेदवारी खारेज गरेको हो ।

उनको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

“नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ । कानून बमोजिम गर्नु,” निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा उल्लेख छ।”

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर