कलैया, २० माघ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।
आज सुनको मुल्य तोलामा ३७ सय रुपैयाँले बढेर दुई लाख ९० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि हिजो सोमबार प्रतितोला दुई लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १ सय ३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।





