Saturday, August 1, 2026

सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने सरकारको निर्णय

कलैया, २० माघ। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न तयार पारिएको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको हो।

बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले संसद्‌मा विचाराधीन उक्त विधेयक फिर्ता लिने निर्णय भएको बताएका छन्।

यसैगरी मन्त्रिपरिषद् बैठकले निर्माणाधीन संघीय संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको शालिक निर्माण गर्न सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले बताएका हुन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर