कलैया, ०१ फागुन । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणा पत्रलाई प्रतिज्ञापत्रको रूपमा सार्वजनिक गर्ने भएको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आएको ‘घोषणापत्र’ शब्दको सट्टा यस पटक कांग्रेसले जनतामाझ गरिने प्रतिबद्धतालाई ‘प्रतिज्ञापत्र’ नाम दिएको हो ।
पार्टी प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार उक्त प्रतिज्ञापत्र आगामी आइतबार (फागुन ३ गते) सार्वजनिक गरिनेछ । उनका अनुसार प्रतिज्ञा पत्र सार्वजनिकका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै छ ।
यस अघि निर्वाचन आयोगले पनि सबै राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र आ-आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्न निर्देशन दिएको थियो ।






