काठमाडौँ, २७ फागुन । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १९ हजार कायम भएको छ। सोहीअनुसार चाँदीको मूल्य प्रतितोला रु ५ हजार ७२० नै रहेको छ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु ३ लाख १७ हजारमा कारोबार भएको थियो भने चाँदीको मूल्य रु ५ हजार ७२० कायम थियो। सोमबार सुनको मूल्य रु ३ लाख १३ हजार २०० र चाँदी रु ५ हजार ४१० थियो।



