कलैया, २८ फागुन । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज बिहीबार सुनको मूल्य प्रतितोला २ हजारले घटेर तीन लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा २ सय ५ रुपैयाँले घटेर पाँच हजार ५ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि बिहीबार चाँदी पाँच हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।



