Saturday, June 6, 2026

महोत्तरीबाट १०९ किलो गाँजा बरामद

spot_img

कलैया, ०१ चैत । महोत्तरी बाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। गएराति रामगोपालपुर नगरपालिका–८ बाट २० वटा पोकामा प्याक गरिएको १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कार प्रहरीको नियन्त्रणमा परेको हो।

लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा उक्त कारबाही गरेको थियो। पूर्व-पश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कारलाई सहसौला चोक नजिकैबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार प्रहरी टोलीलाई देख्नासाथ चालक कार छाडेर फरार भएका थिए। हाल बरामद गरिएको गाँजा र कारलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ र थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर