बारा, २२ वैशाख । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमान विरुद्ध टस जितेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
घरेलु मैदानमा जारी यस शृङ्खलामा ओमानसँगको अघिल्लो खेलमा पराजय बेहोरेको नेपाल आज सो हारको बदला लिने दाउमा छ।
नेपालले यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको थियो । कीर्तिपुरको मैदानमा ओमान विरुद्धको यो भिडन्तमा नेपाल तेस्रो जितको खोजीमा मैदान उत्रिएको छ।



